• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

जनकपुर शाखाबाट ३६ करोडभन्दा बढीको रासायनिक मल बिक्री

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०१:०८

असार १६ , २०८२ काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ।

कार्यालयका निमित्त प्रमुख बेचन साहका अनुसार, कम्पनीले १४ करोड ३० लाख २२ हजारको युरिया, २२ करोड २४ लाख ६५ हजारको डीएपी र ८४ लाख ७५ हजारको पोटास बिक्री वितरण गरेको हो।

Kamana Sewa

कम्पनीले हालसम्म ८,१७२ मेट्रिकटन युरिया, ५,२५८ मेट्रिकटन डीएपी र २९७ मेट्रिकटन पोटास प्राप्त गरेको जनाएको छ। तीमध्ये युरिया ८,४०८.१५ मेट्रिकटन, डीएपी ४,८३५.१५ मेट्रिकटन, र पोटास २४९.२० मेट्रिकटन बिक्री वितरण भइसकेको प्रमुख साहले बताए। गत वर्षको बाँकी मौज्दातका रूपमा युरिया ९६२.५० मेट्रिकटन, डीएपी ८३.७५ मेट्रिकटन र पोटास ९८.५० मेट्रिकटन रहेको छ।

Classic Tech Desktop

यस आर्थिक वर्षमा मलको बिक्री मूल्य युरियाका लागि प्रति बोरा ८५०.५० पैसा, डीएपीका लागि २३ हजार र पोटासका लागि १७ हजार तोकिएको छ। धनुषा र महोत्तरी जिल्लामा २०९ डिलरमार्फत मल वितरण भइरहेको जनाइएको छ। मलखाद्य निर्देशिका, २०७७ अनुसार पालिकास्तरमा स्थानीय समिति गठन गरी दररेट निर्धारण, कालोबजारी नियन्त्रण र वितरण व्यवस्थापन भइरहेको छ।

प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत तोकिएको कोटाअनुसार मल वितरण गरिँदै आएको र डीएपी मलको कोटा थप गरिने निर्णय भइसकेको प्रमुख साहले जानकारी दिए। प्राप्त मलहरू धान, गहुँ, मकै र तेलहन बालिमा प्रयोग हुने गरी वितरण गरिएको छ।

प्रतिकृया