• २१ भदौ २०८३, आइतबार
  • १०ः४७ राती

प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०३:५३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।

National Life

मंगलबार स्कटल्यान्ड भ्रमणमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । क्यानले सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको जानकारी दिएको छ।

यी दुवैजना घाइते खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खे‍ल गुमाउने निश्चित भएको छ। त्यससँगै टी–२०आई त्रिकोणीय सिरिजका सबै खेल पनि गुमाउने क्यानले जनाएको छ। स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुईमध्ये एक खेलमा विजयी भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया