• २१ जेठ २०८३, बिहीबार
  • १०:२६ बिहान

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु,

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०४:२७

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो श्रृंखलाको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट इड्वार्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन्। नेपालले जारी श्रृंखलामा पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेट र नेदरल्यान्डमाथि ५ विकेटको जित दर्ता गरेको हो।

तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ। चोटका कारण सोमपाल कामी र गुलशन झा खेलिरहेका छैनन्।सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो। गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखलासमेत गुमाउने भएका छन्।

Kamana Sewa

सोमपाल र गुलशनको स्थानमा नन्दन यादव र बसिर अहमदलाई खेलाइएको छ। दाहिने हाते तीव्र बलर नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन्। त्यस्तै ठूलो स्कोर बनाउन नसकेका ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ। नेदरल्यान्ड्सका कप्तान इडवार्डस टोलीमा फर्किएका हुन्। नेपालविरुद्धको पहिलो खेलमा उनी ब्याटिङका क्रममा घाइते भएका थिए। उनले विक्रमजित सिंहको स्थान लिनेछन् ।

Classic Tech Desktop

प्रतिकृया