• ४ साउन २०८३, सोमबार
  • ५:१५ बिहान

सुर्खेतको विमानस्थलमै पानीको मूल निस्किएपछि विमानस्थल बन्द

प्रकाशित मिति

२०८२ जेष्ठ ८ गते, बिहीबार ०२:१९

सुर्खेत । सुर्खेतको विमानस्थलमा पानीको मूल निस्किएपछि विमानस्थल बन्द भएको छ । जमिनमुनीबाट पानी निस्किएपछि पुनः दुई दिन विमानस्थल बन्द गरिएको छ । सुर्खेत विमानस्थलको रनवेमा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो ।

मंगलबारदेखि उडान अवतरण रोकेर काम थालिएको विमानस्थलको रनवेको अर्को ठाउँमा पानी नै निस्किन थालेपछि थप दुई दिन विमानस्थल बन्द गरिएको प्रमुख हिराजन काफ्लेले बताए ।

Kamana Sewa

‘सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेका थियौँ । १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्कियो,’ उनले भने, ‘बिहीबार र शुक्रबारसम्म काम सक्ने गरी विमानस्थल बन्द गरिएको छ ।’ खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।

Classic Tech Desktop

प्रतिकृया