आन्तरिक प्रवर्द्धन दशकको रणनैतिक कार्ययोजना बनाउदैछौं- प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८२ बैशाख १८ गते, बिहीबार ११:३३
वैशाख १८, २०८२ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम संसार पोर्टलको शुभारम्भ गरेका छन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस पोर्टलले रोजगारदाता, श्रमिक र तालिम प्रदायक विचमा समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने बताएका छन् ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताउदै ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहम भूमिका रहेको बताए ।

साथै उनले तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी क्षेत्रसंगको साझेदारी र सहकार्यको माध्यमले डिजिटल सरकारको प्रारुप तयार गरेको बताउदै सरकारले आगामी दशकलाई आन्तरिक प्रवर्द्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको जानकारी समेत दिएका छन् ।
श्रम संसार पोर्टल सरकारको नागरिक एपमा उपलब्ध हुने र यसले श्रमिक¸ रोजगारदाता र रोजगार सेवा वीचको दुरी हटाई फेसलेस, प्रोसेसलेस र मेनुपुलेसन लेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धि तर्फ लैजाने दाबि सरकारको रहेको छ ।
साथै स्वदेशी तथा वैदेशिक रोजगारको विनिमय, श्रम तथा रोजगार सेवालाई मुख्य प्रवाहमा ल्याएर उक्त सेवाहरुलाई नागरिक एपमार्फत मोबाइल एप्लिकेसन, वेब बेसमा प्राप्त गर्न सकिने बताइएको छ ।




प्रतिकृया