• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति

२०८२ बैशाख ९ गते, मंगलवार ०३:०२

वैशाख ९, २०८२ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्दै पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारी विरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो ।

Kamana Sewa

नगरपालिकाबाट आर्थिक वर्ष २०७७–०७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपरपोज प्राइभेट लिमिटेडका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेखमा राख्नका लागि मात्रै प्रभाव दैनिक पत्रिकामा एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया