• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

अमेरिकासँग नयाँ व्यापार सम्झौता गर्ने देशहरूलाई कडा प्रतिशोधात्मक कारबाही गर्ने चीनको चेतावनी

प्रकाशित मिति

२०८२ बैशाख ८ गते, सोमबार ११:१३

वैशाख ८, २०८२ काठमाडौँ: चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग यस्ता व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने बताएको छ । मन्त्रालयले अमेरिकासँग नयाँ व्यापार सम्झौता गर्ने देशहरूलाई कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको हो ।

चीनको वाणिज्य मन्त्रालयले चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको बताउदै अमेरिकासँग सम्झौता नगर्न भनेको छ छ ।

Kamana Sewa

अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरू पछि चीनको यो बयान आएको हो ।

Classic Tech Desktop

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबीच कर युद्ध सुरु भएको छ । विभिन्न देशहरुले ट्रम्पले कर लगाएपछि अमेरिकासँग वार्ता गर्दै नयाँ व्यापार सम्झौता गरिरहेका छन् ।

प्रतिकृया