• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

हमासद्वारा नयाँ युद्धविराम प्रस्ताव अस्वीकार

प्रकाशित मिति

२०८२ बैशाख ५ गते, शुक्रबार ०१:३१

वैशाख ५, २०८२ काठमाडौँ: हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो मार्फत आफ्नो बयान जारी गरेर नयाँ युद्ध विरामको प्रस्ताव अस्वीकार गरेका हुन् । हाय्याले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

Kamana Sewa

इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको थियो ।

Classic Tech Desktop

साथै हाय्याले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न भने तयार रहेको बताएको छ । इजरायलले यस विषयमा अहिलेसम्म केही भनेको छैन ।

प्रतिकृया