• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

पाकिस्तानमा भीषण असिना वर्षा : सयौं गाडी र घरमा क्षति

प्रकाशित मिति

२०८२ बैशाख ४ गते, बिहीबार ०३:११

वैशाख ४, २०८२ इस्लामावाद : पाकिस्तानमा बुधबार साँझ असिनासहितको भारी वर्षा भएको छ । भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामावाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।

इस्लामावादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।

Kamana Sewa

प्रतिकृया