म्यानमारमा एक हप्ताको राष्ट्रिय शोक
प्रकाशित मिति
२०८१ चैत्र १८ गते, सोमबार ०४:१७
चैत्र १८, २०८१ काठमाडौँ: म्यानमारको सत्तारुढ सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । मार्च २८ मा म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण १७ सयभन्दा बढीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ । यस समयमा झण्डा आधा झुकाइनेछ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका छन्, भूकम्पबाट धेरै अस्पतालहरू क्षतिग्रस्त भएका छन् ।

उनले कम्तिमा तीन अस्पताल पूर्ण रूपमा बन्द गरिएको छ, जबकि अन्य २२ अस्पतालहरू ‘आंशिक रूपमा क्षतिग्रस्त छन् र राम्रोसँग काम गर्न सक्दैनन् ।’
राहत र उद्धारको काम गर्न अर्को चुनौती भनेको म्यानमारको सत्तारूढ सैन्य सरकारसँग व्यवहार गर्नु हो, जसमाथि पहिले केही क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप लगाइएको थियो ।
अहिले पनि म्यान्मारमा राहत र उद्धारको कार्य जारी रहेको छ र यसका लागि अमेरिका युरोपियन युनियन, भारत , रुस र चीन जस्ता देशले सहयोग गरिरहेका छन् ।




प्रतिकृया