• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

बहिनी जिस्क्याएको निहुँमा साथीको हत्या

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार १०:३६

चैत्र १४, २०८१ काठमाडौँ: ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् ।

बुधबार राति रामेछाप घर भई हाल ओचु हाइटमा बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Kamana Sewa

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ । खातीमाथि खुकुरी प्रहार भएको हो । रसाइली पनि रामेछापकै हुन् । दुई जना साथी हुन् ।

Classic Tech Desktop

रसाइलीकी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन् । बहिनीलाई खातीले जिस्क्याउने गरेको प्रारम्भिक बयानमा बताएका छन् । ‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ एसएसपी अधिकारीले भने ।

हत्या आरोपी रसाइलीलाई राति नै घटनास्थलबाटै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको छ ।

प्रतिकृया