• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

सदनमा विपक्षीले अवरोध गरिरहँदा बालुवाटारमा सत्ता पक्ष बैठकमा व्यस्त

प्रकाशित मिति

२०८१ चैत्र १३ गते, बुधबार ०१:१३

चैत्र १३, २०८१ काठमाडौँ: प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा व्यस्त छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेको व्यक्तिलाई सरकारले प्रतिशोध साँधेको भन्दै विपक्षीले जवाफ मागेका छन् ।

Kamana Sewa

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई पदबाट हटाएको विषयमा सदनमा विपक्षीहरूले प्रधानमन्त्री ओलीको जवाफ मागेका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने बताइरहेका छन् ।

Classic Tech Desktop

यता प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठकमा व्यस्त छन् । यो सत्ता पक्षको बैठकमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।

यस्तै, बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस बैठकले भूमि अध्यादेश फिर्ता लिएर विधेयक बनाएर अगाडि बढाउने योजना बनाउँदैछ । यसैबारे सल्लाह गर्न पनि सत्तापक्ष दलहरूको बैठक बसेको हो ।

यता विपक्षीले सदन घेरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि संसद् बैठक रोकेका छन् ।

प्रतिकृया