आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा ढकाल नियुक्त
प्रकाशित मिति
२०८१ फाल्गुन २२ गते, बिहीबार ०३:४९
फाल्गुण २२, २०८१ हेटौँडा : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा हेटौँडाका अर्जुन ढकाल नियुक्त भएका छन्। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत ढकाललाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त अध्यक्ष ढकालले बिहीबार बिहान मन्त्री थापाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। उनको कार्यकाल ४ वर्षको हुनेछ। हेटौँडा–२ मा रहेको चिकित्सालय हाल भाडाको घरमा सञ्चालन भइरहेको छ । हालै हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि १६ सैय्याको सुविधासहितको भवन निर्माण भइरहेको छ, जुन २०८२ वैशाखसम्ममा निर्माण कम्पनीले हस्तान्तरण गर्ने बताइएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका, मनहरी, बकैया, बागमती, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेका छन् ।





प्रतिकृया