धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
प्रकाशित मिति
२०८१ माघ ३० गते, बुधबार ०१:५१

माघ ३०, २०८१ काठमाडौँ: कैलालीको धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको फूलबारीका टेकबहादुर टमटा छन् ।
प्रहरीले गए राति उनलाई धनगडीको चौराहाबाट नियन्त्रणमा लिन खोजेको थियो । तर, उनी प्रहरीलाई चक्कु देखाएर भाग्न खोजेका थिए ।
पछि प्रहरीले लाठी चार्ज गरेर नियन्त्रण गर्न खोज्दा प्रहरीलाई नै लखेटेर चक्कु प्रहार गर्न खोजेका थिए । राति नै प्रहरीको थप टोली खटिएर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदम विष्टले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको खुलेको छ । प्रहरीले उनलाई मनोविद्लाई जाँच गराउने तयारी गरेको छ ।
Related
Recent News
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
- सुदूरपश्चिममाथि मधेश प्रदेशको रोमाञ्चक जित
- सूचना प्रकाशित गर्ने मिडियाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध मुद्धा दायर
- एसियन कपको छनौट अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै
- कुलमानलाई हटाइएको विरोधमा माइतीघरमा प्रदर्शन
प्रतिकृया