• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०८१ माघ २१ गते, सोमबार ०१:०१

माघ २१, २०८१ काठमाडौँ: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

Kamana Sewa

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया