• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०३:२४

पुष २२, २०८१ काठमाडौँ: मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो। कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह लेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Kamana Sewa

उनीहरूले आ.व. २०७९ ०८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत जनकपुरधाममा रहेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।

Classic Tech Desktop

अनुसन्धानका क्रममा नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेसिफिकेसन अनुसारको सामान खरिद नगरेको लगायत पाइएपछि भ्रष्टचार भएको ठहरसहित मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

प्रतिकृया