• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

अवैध सुन लुटपाटमा संलग्न तीन जना पक्राउ

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०२:०४

पुष २२, २०८१ काठमाडौँ: अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाई छिपाई ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरूले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।

Kamana Sewa

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया