• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

भरुवा बन्दुकसहित दुईजना पक्राउ

प्रकाशित मिति

२०८१ पुष १६ गते, मंगलवार ०१:५८

पुष १६, २०८१ काठमाडौँ: सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । गए राति प्रहरीले हरिवन नगरपालिका–६ चारली चोकबाट एक थान एकनाले भरुवा बन्दुक, ५० ग्राम बारुद र ४७ पिस छर्रा बेरिङसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ स्थित भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र वाग्मती नगरपालिका–२ का ३५ वर्षीय रत्नलाल जिम्बा छन् ।

Kamana Sewa

अस्थायी प्रहरी पोस्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुंग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरेको हो ।

Classic Tech Desktop

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया