• ४ साउन २०८३, सोमबार
  • ५:०४ बिहान

ड्राइभिङ द फ्युचर: एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

प्रकाशित मिति

२०८१ मंसिर २८ गते, शुक्रबार १०:००

मंसिर २८, २०८१ काठमाडौँ: नामीले , बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुन:परिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो।

उत्साह यतिमा मात्र रोकिएन। नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ। विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्शक विकल्प बनाएको छ।

Kamana Sewa

सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो। यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।

Classic Tech Desktop

एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड श्री प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने, “नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चै नै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो।”

नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण हो। ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ।

प्रतिकृया