• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रकाशित मिति

२०८१ मंसिर २६ गते, बुधबार ०४:०३

मंसिर २६, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हे.क्वा. ज्वालामाई दाङबाट राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध आज बुधबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरेको र बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको भन्दै उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Kamana Sewa

उनीविरुद्ध परेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुटो शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको अख्तियारको ठहर छ ।

Classic Tech Desktop

कुँवरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९९२० तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९९२० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रतिकृया