स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार १२:५७
मंसिर २६, २०८१ काठमाडौँ: मोरङमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Recent News
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रतिकृया