• ४ साउन २०८३, सोमबार
  • ३:५२ बिहान

प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम सभाको बैठक सम्पन्न

प्रकाशित मिति

२०८१ कार्तिक १२ गते, सोमबार १०:१९

कार्तिक १२ , २०८१ भक्तपुर : प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को १० औ परिषद् सभा सम्पन्न भएको छ । कार्तिक ११ गते सम्पन्न सभाले परिषद् कार्यालयबाट विभिन्न आर्थिक वर्षमा सम्पादन भएका मुख्य मुख्य क्रियाकलापहरू, वार्षिक कार्यक्रम तथा बजेट र वित्तीय तथा भौतिक प्रगति विवरणको समीक्षा गर्नुका साथै चालु आ. व. को कार्यक्रम तथा बजेट पारित गरेको छ ।

शिक्षा विज्ञान तथा प्राविधि मन्त्री एवं परिषद्का अध्यक्ष माननीय विद्या भट्टराईको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१।०८२ को लागि रु. ६ अर्व ४० करोड ७२ लाख ६५ हजारको बजेट स्वीकृत गरेको छ । यस बजेटमा संघीय, प्रदेश र स्थानीय तहबाट परिषद्ले सम्पादन गरिने क्रियाकलाहरूलाई समावेश भएकाछन् भने बजेटको स्रोतमा नेपाल सरकार, वैदेशिक अनुदान र परिषद्को आन्तरिक स्रोत रहेको छ । सभामा सिटिइभिटीले सम्पादन गर्दै आएका काम र भावी कार्यदिशाका वारेमा छलफल गरिएको थियो । १० औं सभालाई सम्बोधन गर्दै माननीय मन्त्री एवं परिषद् सभाका अध्यक्ष विद्या भट्टराईले परिषद्ले राष्ट्र निर्माणका लागि आवश्यक आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारीमा जोड्न सफल भएको खुशी व्यक्त गर्दै आउँदा दिनहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षाले समाजलाई केहि दिन सक्ने गरि काम गर्नुपर्ने वताउनु भयो । देशको लागि आवश्यक जनशक्तिको आधारमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने र कार्यक्रम सञ्चालन गर्दा सुशासन र पारदर्शितामा विशेष ध्यान दिन आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा देशको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको नेतृत्व लिने गरी सिटिइभिटीले आफूलाई तयार गर्नुपर्ने धारणा राख्नुभयो ।

Kamana Sewa

परिषद् तथा सभाका सदस्य सचिव ई. महेश भट्टराईले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्नुहुँदै परिषद्को वर्तमान अवस्था र भावी कार्यदिशा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिकरणमा परिषद्ले हालसम्म सम्पादन गरेका क्रियाकलापका साथै विगत बर्षहरूमा सम्पादित कार्यको तुलनात्मक अध्ययन एवम् चालु आर्थिक वर्षमा सम्पादन गरिने क्रियाकलाप, परिषद्का चूनौती र भावी योजना समावेश गरिएको थियो । उहाँले पछिल्लो समयमा परिषद्ले उद्योगी व्यावसायीसँगको साझेदारीमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन, कार्यस्थलका आधारित सीप विकासका कार्यक्रम, आङ्गिका शिक्षालयहरूको भौतिक पूर्वाधार विकास र कार्यक्रममा विस्तार, पिछिडिएको वर्ग, क्षेत्र र समुदायका साथै सिमान्तकृत वर्गका विद्यार्थीहरूलाई आवशिय सुविधा सहितको प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन, प्रशिक्षकहरूको क्षमता विकास, औपचारीक अनौपचारीक तथा अरितिक विधिबाट हासिल गरेका सीपको परीक्षण र प्रमाणीकरणका साथै विद्यार्थीहरूमा उद्यमशिलता विकासका सम्बन्धमा सञ्चालन हुदै आएका विषयहरूमा प्रकाश पार्नु भएको थियो ।

Classic Tech Desktop

सभाका सदस्य एवम् राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने माननीय सदस्य गीता कुमारी पौड्याल अधिकारीले परिषद् कार्यालयले वार्षिकरुपमा सम्पादन गर्ने कामहरुको मूल्यांकन गर्दै आवश्यक मार्गनिर्देश दिने परिषद् सभा लामो समयसम्म वस्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा यसलाई कम्तिमा वर्षको एकपटक वस्ने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संघीय संरचना अनुसार परिषद्को पूर्नसंरचना हुन नसकेको यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने आफ्नो अध्यक्षतामा रहेको कार्यदलले काम गर्दै गरेको जानकारी गराउनु भयो । परिषद् सभाका सदस्य एवम् प्रदेश सभाका सदस्य माननीय डा. दिनेशचन्द्र देवकोटाले संघीय संरचना अनुसार परिषद्को ऐनलाई संसोधन गर्न ढिलाई गर्न नहुने बताउनु भयो । परिषद् ऐन नबन्दासम्मका लागि सक्रमणकालिन व्यवस्था गर्दै तीनै तहका सरकार बीच समन्वय गरी कार्यक्रममा दोहोरोपना नहने गरी काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । त्यस्तै सभाका अर्का सदस्य एवम् राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जय बहादुर टण्डनले नेपालको प्राविधिक शिक्षा र व्यवासायिक तालिमको विकासक्रम र यसले देशमा पुर्‌याएको योगदानका चर्चा गर्दै आउदै गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम ऐनलाई राष्ट्रिय टिभिईटी ऐनको रूपमा वनाउनु पर्नेमा जोड दिनु भयो। उहाँले छरिएर सञ्चालन भएका टिईभीटी सम्बन्धी कार्यक्रमलाई एकिकृत गर्न सक्षम हुनुपर्ने विषयमा जोड दिनु भएको थियो । उहाँले प्राविधिक शिक्षा उर्तिण स्नातकहरु मध्ये न्यूनतम ८० प्रतिसत रोजगारी तथा स्वरोजगार हुनुपर्ने वताउनु भयो ।

सभामा शिक्षा सचिव डा. दिपक काफ्लेले परिषद्ले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा प्रचलित ऐन, कानुन बमोजिम कार्य सम्पादन गर्न र गुणस्तर प्रशिक्षणमा ध्यान दिनुपर्ने विषय बताउनु भयो । उहाँले सिटिइभिटीको कुल बेरूजुलाई न्ञूनिकरण गर्नुपर्ने र त्यसको लागि विशेष पहल गर्न निर्देश गर्नुभयो। कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि उद्योगी व्यावसायीहरू परिषद्सँग सहकार्य गर्दै आएको स्मरण गराउनु भयो । उहाँले निजी क्षेत्रले राष्ट्रिय पेशगत मापदण्ड र पाठ्यक्रम निर्माण, अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास र उर्तीण स्नातकहरुलाई रोजागारीमा जोड्ने कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई संस्थागत गर्दै श्रम बजारको माग अनुसारका जनशक्ति तयार गर्ने कार्यमा परिषद्सँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सभामा सदस्यको रूपमा उपस्थित विभिन्न विश्वविद्यालयका डिनहरुले आफ्ना विचारहरु व्यक्त गर्दै प्राविधिक शिक्षाको गुणस्तर बृद्दिका साथै कूल ग्राहस्थ उत्पादनमा प्राविधिक शिक्षाको भूमिकालाई वढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सभाले राष्ट्रिय व्यावसायिक योग्यताको कार्यान्वयन, मोडुलर र क्रेडिट ट्रान्सफर प्रणालीको विकास र प्रशिक्षकको क्षमता विकास, शिक्षालय/कार्यक्रमको स्तर निर्धारण, कार्यस्थलको सिकाइमा आधारित सीप विकास तालिम सञ्चालन (अप्रेन्टिसीप, OJT आदि) र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी रणनैतिक योजनाको कार्यन्वयन लगायतका क्षेत्रहरूमा विस्तृत रूपमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्न मार्ग निर्देश गरेको छ ।

प्रतिकृया