• ४ साउन २०८३, सोमबार
  • ९:२८ बेलुका

एलजी संग खुशीको पल: एलजीका उत्पादनहरुमा ४०% सम्मको क्यासब्याक र पक्का उपहार !

प्रकाशित मिति

२०८१ कार्तिक १२ गते, सोमबार ११:२३

कार्तिक १२ , २०८१ काठमाडौँ: नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तररास्ट्रिय ब्राण्ड एलजीले दशै तिहारलाई लक्षित गर्दै ” एलजी सँग खुशीको पल” नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नुहुनेछ ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०% सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

Kamana Sewa

“हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरु मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छौं,” सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड श्री पुरुशोत्तम भण्डारी भन्नुहुन्छ, “यस पर्वको अवसरमा, हामीले एलजी संग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौं ।”
यसका साथसाथै शुन्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

Classic Tech Desktop

यो योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिको लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिकृया