१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुँदै
प्रकाशित मिति
२०८१ कार्तिक १२ गते, सोमबार १०:१७

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपियो)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताउनु भयो । अध्यक्ष डा केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसंगै लगानी भित्राउन बाटो खुल्ने बताउनुभयो । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भन्नुभयो,‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीः सरकारको प्राथमिकता नीतिगत सुधार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीले लगानी भित्राउनको लागि विभिन्न ऐन संसोधन गरिएको बताउनुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेको बताउँदै लगानीको ढोका खुल्ला रहेको उल्लेख गर्नुभयो । ‘नेपालमा जलविद्युत, सूचना प्रविधि, उत्पादन मुलक उद्योग लगायतका क्षेत्र अवसर रहेको छ,’ उहाँले भन्नुभयो,‘अहिले सरकारले एनआरएनएलाई जति प्राथमिकता दिएको पछि नदिनसक्छ । अहिले नै आउनु पर्छ।’ नेपालमा उत्पादन मुलक उद्योग सञ्चालन गरेर छिमेकी मुलुकमा निर्यात गर्न सक्ने बताउनुभयो। उद्योग मन्त्रालयले नेपाली वस्तु विदेशी बजारमा पहुँच पु¥याउन निर्यात सम्मेलन गर्ने जानकारी दिनुभयो ।
गैरआवासीय लगानी भित्राउने तयारी : नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बराल
एनआरएनए ग्लोबल कन्क्लेभमा संबोधन गर्दै नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको प ुँजी बजार गैरआवासीय लगानी भित्राउने तयारी गरेको बताउनु भयो। १० अर्बको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय संघसंगै नेपाल सरकारकोलागि पाठ हुने बताउनु भयो। ‘१० अर्वको फण्ड २०२२ बाट तिब्रगतिमा अघि बढेको थियो,’ अध्यक्ष बरालले भनुभयो,‘सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका नेपाल राष्ट्र बैंकमा सहमतिका ेलागि पठाइएको छ।’ नेपाल राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने बढाउँदै छठ लगत्तै कार्यन्वयनमा आउने बरालले बताउनु भयो। उहाँले ५ अर्ब संस्थापक लगानीकर्ताबाट उठाए ५ अर्ब गैरआवासीय सर्वसाधरण उठाउँदा सफलता हासिल गर्न सकिने बताउनु भयो।
प्रतिकृया