• ४ साउन २०८३, सोमबार
  • ३:१६ बिहान

एमएडब्लुले नाडा अटो शोमा ल्याण्डमार्क बुकिङ्ग !

प्रकाशित मिति

२०८१ भाद्र १७ गते, सोमबार १०:२९

भदौ १७ , २०८१ काठमाडौँ: एमएडब्लु समूह नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्रीको घोषणा गर्न पाउँदा गर्व गर्दछ। यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिन्छ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध छ। यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखिएको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।

Kamana Sewa

एमएडब्लु समूहका निर्देशक श्री विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। उनले भने, “नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।

Classic Tech Desktop

अहिले नेपालमा इभी अटोमोटिभको उपभोग बढ्दो छ, र हामी एम ए डब्ल्यू समूह नवीनतम परिदृश्यलाई मध्य नजर गर्दै नवीन ऊर्जा अभी खण्डमा समर्पित एमएडब्लु-वृद्धी समूहलाई अगाडी ल्याएका छौ। साथै, हामी नाडा अटोशोका आयोजकहरूलाई सफल आयोजनाको लागि बधाई दिन चाहन्छौं।“

एमएडब्लु-वृद्धी समूहका प्रबन्ध निर्देशक श्री विवेक सिकरियाले पनि एमएडब्लु-वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे। “हाम्रो विद्युतीय सवारीसाधन माथि देखाउनु भएको समर्थन अतुलनीय छ र यसले सस्तेनेबल भविष्यतर्फको महत्त्वपूर्ण कदमलाई देखाउँछ। कमर्शियलदेखि प्यासेन्जर सवारीसाधनसम्मका हाम्रा इभ गाडीहरू ग्राहखरु माझ निकै चचित छन्, नाडाको सफलताले यसले दर्साउनछ ।”
एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित छ। नाडा अटो शोमा समूहको सफलता, ग्राहकको सन्तुष्टि र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो।

प्रतिकृया