• 5:25 pm

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

प्रकाशित मिति

२०८० चैत्र २५ गते, आईतवार ०२:२८

चैत्र २४, २०८० काठमाडौँ: खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यसपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारी (Khagaraj adhikari) लाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र पठाएको थियो । तर, प्रदेश प्रमुख भट्टले अधिकारीलाई नै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले सभामुख कृष्णप्रसाद धितालको समेत सङ्ख्या जोडेर बहुमत पुर्‍याइ मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । संविधानविद्हरूले यसलाई असंवैधानिक भनेका छन् ।

मुख्यमन्त्री अधिकारीको शपथ ग्रहण कार्यक्रम ३ बजे राखिएको छ ।

प्रतिकृया