आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य
प्रकाशित मिति
२०८० चैत्र २५ गते, आईतवार ०१:३६
चैत्र २४, २०८० काठमाडौँ: एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २८४ रन बनाएको हो ।
आयरल्याण्ड ‘ए’ का लागि स्टिफन डोहेनीले १०७ रन बनाए। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०७ रनको योगदान गरे। पिटर मूरले भने ४४ रनको योगदान गरे ।
नेपाल ‘ए’ का लागि भने रिजन ढकाल र रञ्जित कुमारले ३–३ विकेट लिए। विकास आग्री र साहब आलमलले भने १–१ विकेट लिए ।
३ खेलको सिरिजमा भ्रमणकारी टोली २-० ले अघि छ । आजको खेलमा समेत जित निकाले आयरल्याण्डले सिरिज क्लिनस्वीप गर्नेछ ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया