• 10:09 pm

हतियार देखाएर सिरहामा दिउँसै साढे १५ लाख रुपैयाँ लुटपाट

प्रकाशित मिति

२०८० चैत्र २५ गते, आईतवार ०२:३४

चैत्र २४, २०८० जनकपुर : हतियार देखाएर सिरहामा दिउँसै साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियारसहितको समूहले लुटपाट गरेको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍ ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंक र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । उनीसँग भएको रकम लुटी लुटेराहरू महिसाउथातर्फ भागेको सिरहा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया