• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

राष्ट्रिय अनुसन्धान विभागले सार्वजनिक गर्यो अनुसन्धान अधिकृत पदको नतिजा

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०१:२२

माघ ११, २०८० काठमाडौँ: राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो ।

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ । विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

Kamana Sewa

यो सूचना लोकसेवा आयोग र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइटमा राखिएको जनाइएको छ। साथै उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूलाई तृतीय चरणको विस्तृत स्वास्थ्य परीक्षणका लागि आव्हान गरिएको छ ।

Classic Tech Desktop

विभागले विस्तृत स्वास्थ्य परीक्षण माघ २१ गते सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल, बलम्बु काठमाडौँमा बिहान ११ बजेबाट हुने जनाएको छ। स्वास्थ्य परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित उम्मेदवारहरूले व्यहोर्नुपर्ने जनाइएको छ ।

प्रतिकृया