छिमेक लघुवित्तको प्रमुख कार्यकारीमा तिवारी नियुक्त
प्रकाशित मिति
२०८० माघ ११ गते, बिहीबार ०१:३१

माघ ११, २०८० काठमाडौँ: छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपकनिधी तिवारी नियुक्त भएका छन् । लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएका तिवारीलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव दिलीप कुमार श्रेष्ठका अनुसार तिवारीलाई माघ ११ गतेबाट लागू हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
माघ ४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले माघ ६ गते आइतबारदेखि लागू हुने गरी तिवारीलाई कामु सीईओ नियुक्त गरेको थियो । संस्थाको सीईओ चोलराज शर्माको कार्यकाल माघ ५ गते सकिएको थियो । सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि नायब महाप्रबन्धक पदको कार्यभार सम्हाल्दै आएका तिवारीलाई कामु सीईओमा नियुक्त गरेको थियो । माघ ६ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हादै आएका उनै तिवारीलाइ सीईओ जिम्मेवारी दिइएको हो ।
प्रतिकृया