• १४ साउन २०८३, बिहीबार
  • १:१६ बेलुका

सीताको निधनमा राष्ट्रपतिद्वारा दु:ख व्यक्त, प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार ११:५३

२७ असार २०८०, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा दु:ख व्यक्त गरेका छन् । सीताको उपचारका क्रममा आज बिहान निधन भएको थियो।


राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले ‘दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गरेको’ राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया