• २ असोज २०८३, शुक्रबार
  • ७ः२० बेलुका

कप्तानगञ्ज घटनामा कांग्रेसको सरकारलाई प्रश्न: जिम्मेवारी लिएर जवाफ देऊ

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ११:४७

१४ साउन २०८३ काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ।

National Life

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाइन्।

उनले यति ठूलो घटना हुँदा पनि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको मौनताप्रति समेत प्रश्न उठाइन्। थापाले नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

प्रतिकृया