• १ असोज २०८३, बिहीबार
  • ५ः४८ बेलुका

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट, संसदीय गतिविधिबारे छलफल

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार १०:२९

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति भवन पुगेका सभामुख अर्यालले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही तथा संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

National Life

भेटका क्रममा संसद्मा विचाराधीन विधेयकहरूको अवस्था, सदनलाई थप प्रभावकारी बनाउने उपाय तथा संसदीय अभ्यासलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र संसदीय अभ्यासलाई थप सशक्त बनाउन संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए। सचिवालयका अनुसार नियमित भेटघाटअन्तर्गत भएको उक्त वार्तामा समसामयिक राजनीतिक विषयमा समेत संक्षिप्त छलफल भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया