• 1:55 am

करका दरमा चलखेल भएको छैन : प्रकाशशरण महतले

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ०४:०४

२३ जेठ २०८०, काठमाडौँ : अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको बताएका छन्।


प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यसअघिका अर्थमन्त्रीले आवश्यकताकै आधारमा एक पूर्वकर्मचारीलाई नियुक्ति दिएको र उनले इन्ट्रीको काम मात्रै गरेको बताए।


‘उहाँले वर्षौंदेखि लगातार यो काम गरिरहनु भएको छ। म भन्दा अगाडीका अर्थमन्त्रीले पनि उसको आवश्यकता छ भनेर नै उहाँलाई नियुक्ति गर्नुभयो। कोर्डलगायतको विज्ञता भएको हुनाले उहाँले कर्मचारीकै रूपमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । उहाँ निर्णय प्रक्रियामा हुने त कुरै भएन,’ उनले भने।


गोप्य निर्णय गर्ने ठाउँमा ती कर्मचारी नभएको उनले बताए। ‘निर्णय प्रक्रियामा बसेकै पदाधिकारीको उपस्थितिमा र उहाँहरूले भनेअनुसार यो यो इन्ट्री गर भनेअनुसार उहाँले इन्ट्री गर्नुभएको हो,’ उनले भने, ‘मन्त्री र सचिव आफैंले इन्ट्री गर्न र टाइप गर्न सक्दैन।’


उनले सहयोगीका रूपमा रहेका कर्मचारीलाई अनधिकृत वा बाहिरको मानिस पस्यो भन्ने गरिएको पनि बताए। ‘बाहिरबाट आयो र त्यसैले सम्पूर्ण चलखेल गर्‍यो भन्नेजस् भास्य प्रयोग गरेर नियोजित रूपमा कसैले गरिदियो भने त्यो नै सत्य हुने?,’ उनले प्रश्न गरे, ‘हामी सबै असत्य? हामी नराम्रो काम गर्न बस्या? त्यो त हुन सक्दैन।’


उनले इमान्दारितामा आफू एक इन्च पनि नहल्लिएको बताए। ‘इमान्दारितामा एक इच्च पनि, एक रौं पनि कहीँकतै हल्लिएको छैन। त्यही भएर निहित स्वार्थ भएकाहरू पछि लागेका छन्, कुरो यही हो। योबाहेक अरू केही छैन।’

प्रतिकृया