बजेटमा अर्थतन्त्र सुदृढ गर्ने भिजन छैनः ओली
प्रकाशित मिति
२०८० जेष्ठ २३ गते, मंगलवार ०४:३४
२३ जेठ २०८०, मोरङ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन्।
समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबीसमेत गरे।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए। त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए।

उनले भने, ‘यसमा भिजनहिनता छ। यसले देख्दैन परसम्म। चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको। यसले देख्दैन, भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ। र, शिथिलता छ।’




प्रतिकृया