स्थानीय र संघीय सरकारबीच समन्वय हुनुपर्छ तर फोहोर उठाउँदिनँ भन्ने कदमले राम्रो सन्देश गएको छैन: सरकारकी प्रवक्ता शर्मा

प्रकाशित मिति

२०८० बैशाख १ गते, शुक्रबार ०९:२९

340778853 1181826745849131 631656695354708577 n e1681443849437

०१ बैशाख शुक्रबार, २०८० काठमाडौँ : नेपाल सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरका मेयर बालेन शाहका कदमले जनमानसमा राम्रो सन्देश नगएको बताएकी छन्। बिहीबार मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सिंहदरबारलगायत ठाउँको फोहोर उठाउन नदिने मेयर बालेनको कदम उनको पदीय दायित्वविपरीत भएको बताएकी हुन्।


‘फोहोर मैला व्यवस्थापन अर्को कुनै कुरा भएन भनेर हड्ताल गर्ने विषय होइन,’ मन्त्री शर्माले भनिन्,‘स्थानीय र संघीय सरकारबीच समन्वय हुनुपर्छ तर फोहोर उठाउँदिनँ भन्ने कदमले राम्रो सन्देश गएको छैन।’


कानुनले फोहोर मैला व्यवस्थापन स्थानीय सरकारको अधिकारमा राखेकाले मेयर बालेनले कि कानुनी व्यवस्था परिवर्तन गर्न सक्नुपर्ने नभए विद्यमान कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने मन्त्री शर्माले बताइन्।

प्रतिकृया