• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति

२०८० बैशाख १ गते, शुक्रबार ०८:५१

०१ बैशाख शुक्रबार, २०८० काठमाडौँ : हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।


दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। महाशाखाले पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

Kamana Sewa

प्रतिकृया