• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

हिजाे सम्पन्न उद्योगवाणिज्य महासंघकाे निर्वाचनको मतगणना जारी

प्रकाशित मिति

२०७९ चैत्र ३० गते, बिहीबार ११:०४

३० चैत्र २०७९, काठमाडौँ: नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न भएकाे मतदानको मतगणना बिहीबार पनि जारी रहेकाे छ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने भएकाले वरिष्ठ उपाध्यक्षको निर्वाचनलाई सबै भन्दा महत्वपूर्ण मानिएकाे हाे । यस पटक वरिष्ठ उपाध्यक्षको लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् ।


हालसम्म घोषित मतपरिणाम अनुसार महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशाेसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । वैद्य र श्रेष्ठ रामचन्द्र संघाई पक्षको तथा ढकाल उमेशलाल श्रेष्ठ प्यानलका हुन् । अहिले वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइरहेकाे छ ।

Kamana Sewa

प्रतिकृया