• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

प्रधानन्यायाधीश नियुक्ति गर्न कानून व्यवसायीहरुको प्रधानमन्त्री दाहाललाई दवाव

प्रकाशित मिति

२०७९ चैत्र ३० गते, बिहीबार १०:५९

३० चैत्र २०७९, काठमाडौँ: धेरै समयदेखि प्रधानन्यायाधिशको पद रिक्त रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालालाई नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न दवाव दिएका छन् ।


बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दवाव दिएका हुन् । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महशुस आफूहरुले गरेको बताए ।

Kamana Sewa

उहाँले करिब १४ महिना कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए । उनले प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष भएकाले यसमा पहलकदमी लिन ध्यानाकर्षण गराएको बताए । उनले प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निष्कर्षम पुग्ने प्रतिवद्धता दिएको बताए ।

Classic Tech Desktop

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु नभए नेपाल बार आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । उनले प्रधानमन्त्रीसँगको भेटमा अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने र त्यसका लागि बजेट व्यवस्थापनको माग गरेको पनि बताए ।


न्यायपालिकामाथि आक्रमण भइरहेको र त्यसलाई कम गर्न कार्यपालिका-व्यवस्थापिकाले ध्यान दिनुपर्ने कुरा प्रधानमन्त्री दाहालसँग राखेको पनि अध्यक्ष घिमिरेले बताए ।

प्रतिकृया