• १२:३३ २०८० चैत्र १६ गते
  • 12:33 pm

जहाज चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकलाई विमानस्थलमा मन्त्रीले गरे स्वागत

प्रकाशित मिति

२०७९ चैत्र ३० गते, बिहीबार १०:५४

340111921 1258549965072098 7969640695516651054 n e1681362546788

३०, चैत्र २०७९, काठमाडौँ : नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।


आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।


विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु हाम्रो लागि खुसीको कुरा हो, त्यसैले मन्त्रीज्यू, राजदूत र हामीहरु विमानस्थलमै पुगेर स्वागत गरेकाे बताए । ७०० चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेको र त्यही समूहको पहिलो लट आज आएको लुइँटेलको भनाइ छ । पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।

प्रतिकृया