• २१:५९ २०८० चैत्र १५ गते
  • 9:59 pm

भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर

प्रकाशित मिति

२०७९ चैत्र ३० गते, बिहीबार १०:१०

Commission for the Investigation of Abuse of Authority CIAA e1659512873456

३०, चैत्र २०७९, काठमाडौँ : भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट, लेखा अधिकृत, इन्जिनियर, प्रा.लि. संचालकसमेत ९ जना र श्री भवानी कन्स्ट्रक्शन प्रा.लि. उपर राजस्व चुहावट एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेकाे छ।


महाकाली नदीको बालुवा, गिट्टी, ढुंगा र ग्राभेलको ठेक्कामा ठेकेदारसँग मिलेर आरोपीहरुले ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।


आर्थिक वर्ष २०७९–०८० मा बोलपत्र आह्वान गर्दा न्युनतम दरलाई नजरअन्दाज गरेर भट्ट र उपाध्यायले १ करोड ९५ लाख ७२ हजार राजस्व चुहावट गरेको आयोगको अनुसन्धानबाट थाहा भएको छ । बैंक जमानत पनि नलिई ठेक्का संझौतामा हस्ताक्षर गरेको भन्दै आयोगले उनीहरुलाई ३ करोड ४७ लाख बिगो मागदावी लिएको छ ।


आयोगले भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नासु विष्णु देव भट्ट र लेखापाल दिपेन्द्र चौधरीविरुद्ध १ करोड ९५ लाख बिगो मागदावी लिएको छ ।


ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी दिवाकर भट्ट र ईश्वरी भट्टको पत्नी खगेश्वरी भट्टलाई पनि आयोगले विपक्षी बनाएको छ । ठेकेदार कम्पनीका संचालकहरु बिरुद्ध आयोगले ५ करोड ४३ लाख मागदावी लिएको छ ।

प्रतिकृया