• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

राष्ट्रिय वाणिज्य बैंकद्धारा ग्लोबल मनी विकमा हजारौं नागरिक माझ वित्तीय चेतना अभिवृद्धि सञ्चालन

प्रकाशित मिति

२०७९ चैत्र १९ गते, आईतवार ०५:१७

१९ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको छ ।


बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । अभियान अन्तर्गत बैंकले डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन भएको थियो । बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएकोे छ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । यसै सन्दर्भमा बैंकले सञ्चालन गरेको ग्लोबल मनी विक कार्यक्रमको समिक्षा समेत गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर/किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

Kamana Sewa

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।

Classic Tech Desktop

प्रतिकृया