• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

‘आदिपुरुष’ नयाँ पोस्टरमा राम-सीताको भूमिकामा देखिए प्रभास र कृति

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०१:०२

१६ चैत्र २०७९, काठमाडौँ: दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन सैफ अली खानको बहुप्रतिक्षीत फिल्म ‘आदिपुरुष’ नयाँ पोस्टर सार्वजनिक भएको छ। रामनवमीको अवसर पार्दै नयाँ पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन, लक्ष्मणको भूमिकामा सन्नी सिंह र हनुमानको भूमिकामा देवदत्त नागे देखिएका छन्।


केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजर सार्वजनिक भएसँगै प्रशंसाभन्दा धेरै आलोचना भयो। फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भने।

Kamana Sewa

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो। यसैबीच निर्माण टिमले पुन: भिएफएक्स गर्न फिल्मको प्रदर्शन मिति सारेका थिए।

Classic Tech Desktop

जनवरी १२ मा प्रदर्शन हुने भनिएको फिल्म जुन १६ मा सारिएको हो। हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।


आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।


पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारू बनेको बताइएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार पुन: भिएफएक्स भएसँगै फिल्मको बजेट करिब ६ सय करोड भारु पुगेको छ। योसँगै ‘आदिपुरुष’ भारतकै महंगो फिल्म भएको छ।

प्रतिकृया