• 2:01 pm

सरकार र मिटरव्याजी पीडित पक्षबीच वार्ता हुँदै

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ११:५८

१६ चैत्र २०७९, काठमाडौँ: सरकार र मिटर ब्याजी पीडित पक्षबीच वार्ता हुने भएको छ। गृहमन्त्रालयको अग्रसरतामा आन्दोलनरत पक्षबीच वार्ता हुन लागेको हो। पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने मन्त्रालयले जनाएको छ।


वार्तामा मिटर व्याज पीडितका तर्फबाट संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव सहभागगी हुनेछन्। सरकारी पक्षबाट गृहमन्त्रालयका अधिकारीहरु रहनेछन्।


सरकारसँग भएको पूर्वसहमतिअनुसार आफूले न्याय नपाएको भन्दै पीडितहरु दुई हप्ता हिँडेर काठमाडौँ आएका पीडितहरुले आन्दोलन गरिरहेका छन्। सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ संशोधन गर्ने निर्णय गरेको छ।

प्रतिकृया