मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन- महामन्त्री शर्मा
प्रकाशित मिति
२०७९ चैत्र १६ गते, बिहीबार ११:२१

१६ चैत्र २०७९, काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन् । बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।
उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको बताए ।
उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले मिटरब्याजी पीडितहरु कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए । महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन ग-यो भन्नेकुरा मुख्य रहेको उल्लेख गरे । महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए।
प्रतिकृया