• ४ साउन २०८३, सोमबार
  • २:०० बिहान

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७९ चैत्र ५ गते, आईतवार ०७:५५

चैत ५, २०७९, काठमाडौँ: प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेकाे हाे । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त एक स्थानको ब्यहाेराकाे जानकारीसहित केही प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएकाे छ।

सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, प्रतिनिधिसभा सदस्यको १ स्थान रिक्त रहेको बेहोरा पनि सभामुखले जानकारी गराउनेछन्।

Kamana Sewa

यसैगरी, बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ पेस गर्ने कार्यसूची छ।

Classic Tech Desktop

प्रधानमन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।

प्रतिकृया