राष्ट्रपति भवन शीतलनिवासमा चियापान जारी

प्रकाशित मिति

२०७९ चैत्र ४ गते, शनिबार ११:२३

rastrapati e1678778762290

चैत ४, २०७९, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूसँग भेटघाट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा भेटघाट तथा चियापान कार्याक्रम जारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाडौँ आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापान तथा भेटघाटको लागि शीतलनिवासमा बोलाएका हुन् ।


चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट कार्यक्रम आयोजना गरेका हुन्।

प्रतिकृया