• २ असोज २०८३, शुक्रबार
  • ६ः१५ बिहान

स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै पश्चिमाञ्चल क्याम्पसमा आमरण अनसन

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार १२:४९

१ चैत्र २०७९, पाेखरा: स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) मा विधार्थी आमरण अनसनमा बसेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन्।

National Life

निर्वाचन समितिले धादली गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा गरेको दिएका थिए।


सोही समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी पनि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया