एनएमबि बैंकले ल्यायो मर्चेन्ट क्युआरमा बोनस अफर

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार ०१:००

333297751 570203138400765 1327953415010135148 n

१ चैत ,२०७९, काठमाडौँ: एनएमबि बैंकले विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य का साथ आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउनेछन् । उक्त योजना फाल्गुण १५ देखी सुरु भएको छ । र, सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।


एनएमबि बैंक विगत २६ वर्षदेखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।


एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिकृया