• १७:१८ २०८० चैत्र १५ गते
  • 5:18 pm

राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार १०:३४

election commission Nepal 1 e1660728620120

८ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।


आज दिउँसो १ बजे हुने कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ ।यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।


आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।

प्रतिकृया